चौबीस घण्टामा ४५६ जनामा कोरोना
नेपालखोज
२०७९ साउन ६ गते १७:१०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार १६८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ६७० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल २ हजार ८४१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ३०८ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ५ प्रतिशत छ ।
सम्बन्धित
प्रतिक्रिया