क्लासिक टेकले गर्यो नेपालभर थप ३०० फाइबर प्राविधिक नियुक्त

काठमाडौं । देशको अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ ।
वर्षा मौसममा फाइबरसम्बन्धी धेरै समस्या आउने र कर्मचारी पानीका कारणले विद्युत् पोलमा चढेर काम गर्न नमिल्ने भएकाले ग्राहकको सुविधा सहज बनाउन ईटीआर (Estimated Time OF Response) भित्र काम गर्न कम्पनी ले यो धेरै संख्या मा कर्मचारी नियुक्त गरेको हो ।
अब क्लासिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताका लागि सपोर्टको पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउनेछ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो सेवा प्रदान गर्न थप मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
साथै क्लासिक टेकले आफ्नो आईपीटीभी पनि अपडेट भर्सन 1 . 1 . 2 ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानलमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टीभीमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउनेछ ।
योसँगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने रहेको छ ।








प्रतिक्रिया