बिहीबार, जेठ २, २०८२

ओडेसा बन्दरगाह आक्रमणमा रुसले ‘बर्बरता’ देखायाे : जेलेन्स्की

नेपालखोज २०७९ साउन ९ गते ७:४९

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण भएपछि रुसमाथि ‘बर्बरता’ गरेको आरोप लगाएका छन् ।

युक्रेनको अन्न निर्यात सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौता अलपत्र परेको छ ।

मस्कोले उक्त आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। किएभले सम्झौता उल्लङ्घन गरिएको भए पनि अन्न निर्यात जारी राख्ने तयारी गरेको जनाएको छ । शनिबार राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएका थिए ।

उनले भविष्यमा हुने यस्ता क्षेप्यास्त्र आक्रमणलाई जसरी भए पनि निष्फल बनाउन हवाई प्रतिरक्षा प्रणाली विकास गर्न हर सम्भव प्रयास गर्ने जनाए ।

युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ र रुसी फौजका कारण निर्यात हुन सकिरहेको छैन । त्यसले गर्दा खासगरी युक्रेन र रुसमाथि गहुँका लागि निर्भर अफ्रिकामा उच्च मूल्यवृद्धि भएको छ । बीबीसी

प्रतिक्रिया