एक्सेल डेभलपमेन्ट बैंकको प्रदेश १ मा कार्य क्षेत्र बिस्तार गर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सोहै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आव २०७७/०७८ को वितरण योग्य संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजारको आठ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश सेयर वापतको कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बैंकको कार्यक्षेत्र प्रदेश नं. १ का सवै जिल्लाहरुमा विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालु आवमा प्रदेश नं. १ भर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ आवश्यक न्युनतम चुक्ता पुँजी पुरा गरिसकेको हुनाले नियामक निकायको स्वीकृति लिई आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नय“ा शाखाहरु बिस्तार गर्ने लक्ष्य रहेको छ ।








प्रतिक्रिया