शनिबार, वैशाख २२, २०८१

सुनचाँदीकै मूल्यमा सामान्य गिरावट

नेपालखोज २०७९ साउन १० गते १०:३७

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । साेमबार छापावाल सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया