सांसदलाई सभामुखले भने- सबैले मास्क प्रयोग गर्नुहुन आग्रह गर्छु
नेपालखोज
२०७९ साउन १० गते १४:२६

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका छन् । आज (मंगलबार) बसेको बैठमा सभामुखले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सांसदहरुलाई मास्क आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले भने, ‘कोभिड संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’
सम्बन्धित

प्रतिक्रिया