बेस्ट फाइनान्सको गलकोट शाखाबाट कारोबार सुरु

नेपालखोज २०७९ साउन १० गते १४:४७

काठमाडौं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेस्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ ।

सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेस्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ ।

गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६औं शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखा विस्तार गरिँदै लगिने फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया