आइतबार, पुष ६, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ

नेपालखोज २०७९ साउन १० गते १८:२९

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३, बाफल बस्ने फरार प्रतिवादी निशा गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुले कुमारी बैंक लिमिटेड, दरबारमार्ग शाखा कार्यालय, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनल बैंकिङ कसूर मुद्दामा फैसला गर्दै प्रतिवादी निशा गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा पाँँच दिन कैद र २३ लाख १४ हजार दुई ५० रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो ।

सो पश्चात फरार रहेकी गुरुङलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज मंगलबार काठमाडौंको टोखा न.पा. वडा नं. ६, टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जानकारी सीआईबीले दिएको छ ।

प्रतिक्रिया