आइतबार, पुष ६, २०८२

देशभर आंशिकदेखि सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७९ साउन ११ गते ६:२८

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश वाग्मती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जथनाएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया