मंगलबार, पुष ८, २०८२

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

नेपालखोज २०७९ साउन ११ गते १४:३३

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलामको सूर्योदय नगरपालिका १०, फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् ।

एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि बराइली, सिभिल बैंकका प्रदेश १ का प्रमुख राजेश ढकाललगायत त्यहाँका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधरणको उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीले बैंकको एक्सटेन्सन काउन्टरमार्फत सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् ।

सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटीएम रहेका छन् । बैंकले गत असार मसान्तसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रतिक्रिया