आइतबार, पुष ६, २०८२

उपत्यकामा सिटिजन्स बैंकको तीन वटा शाखा

नेपालखोज २०७९ साउन १२ गते १५:१४

काठमाडौं । विगत डेढ दशक देखी अनवरतरुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा १७८ औं, १७९ औं तथा १८० औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेल गरी थप तीन वटा शाखाहरु संचालनमा ल्याएको छ ।

काठमाडौं उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौंता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको बैंकले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासिक सम्ममा दुई अर्ब २५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा एक खर्ब ५५ अर्ब निक्षेप संकलन गरी एक खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमा भित्रै कायम गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया