आइतबार, पुष ६, २०८२

निमा एकेडेमीको राष्ट्रव्यापी निबन्ध प्रतियोगिता हुँदै

नेपालखोज २०७९ साउन १३ गते १७:३५

काठमाडौं । अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि एकेडेमीले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।

कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले ‘दी स्कोप अफ ई–लर्निङ इन नेपाल अर्थात नेपालमा ई–लर्निङको दायरा’ विषयमा निबन्ध लेखेर पठाउन सक्नेछन् । अर्थात् प्रतियोगीले नेपाली शिक्षाजगतमा ई–लर्निङ्गको महत्त्व–चुनौती–अवसर आदिको बारेमा समीक्षा, अपडेट र धेरथोर विश्लेषणको परिधिमा रहेर निबन्ध लेख्नुपर्नेछ ।

निबन्ध कम्तिमा पनि १२०० शब्दको हुनुपर्नेछ । निबन्ध लेखेर आउँदो साउन २५ गतेसम्म इन्फो एट निमा एकेडेकमी डटकममा आफ्नो र आफू अध्ययनरत स्कुलको नाम खुलाएर पठाउनुपर्नेछ । कम्पनीका अनुसार नतिजा साउन २७ गते घोषणा गरिनेछ ।

निबन्ध प्रतियोगितामा प्रथम हुनेले ३ हजार रुपैयाँ र एउटा गुडी ब्याग पुरस्कार दिइनेछ । त्यस्तै दोस्रोलाई २ हजार रुपैयाँ र गुडी ब्याग तथा तेस्रोलाई एक हजार रुपैयाँ र एउटा छाता पुरस्कार दिइने कम्पनीले जानकारी दिएको छ ।

साथै विजेतालाई एक वर्षको निमा एकेडेमीको ई–लर्निङ कोर्स सब्सक्रिप्सन पनि निःशुल्क प्रदान गरिनेछ । अन्त्यमा एसईई दिने ब्याच अर्थात् कक्षा १० का विद्याथीहरूको लेखनकलालाई प्रोत्साहनका साथै सम्मान गर्ने उद्देश्यका साथ प्रतियोगिता आह्वान गरेको एकेडेमीका कार्यक्रम संयोजक स्वेता श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया