सानिमाका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
नेपालखोज
२०७९ साउन १३ गते १७:४९

काठमाडौं । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।
ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकमरकमान्तर (चेक आउट) गर्न सक्नेछन् । बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै उपलब्ध गराउनेछ ।
बैंकको मोबाइल बैंकिङ एपबाट ई–सेवा, खल्ती र नमस्ते पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबार प्रोत्साहन गर्न यस्ता कार्य गर्दै जाने भन्ने विश्वास गरेको छ । सानिमाको देशभर १२७ कार्यालय र १२० एटीएम सन्जाल सञ्चालनमा छन् ।
सम्बन्धित








प्रतिक्रिया