बुधबार, वैशाख १७, २०८२

कृष्ण समिपको ‘सम्झेर बस्नी हो’… (भिडियोसहित)

नेपालखोज २०७९ साउन १४ गते ७:१८

काठमाडौं । चर्चित कलाकार, गायक तथा सर्जक कृष्ण समिप सुवेदीले तीजको गीत सार्वजनिक गरेका छन् । समिपले मौलिक भाकामा मौलिक शब्दसहित तिजको ‘सम्झेर बस्नी हो’ बोलको गीत सार्बजनिक गरेका हुन् । शब्द, संगीत समिप स्वयंकै रहेको गीतको स्वरमा उनलाई अमृता लुंगेली मगरले साथ दिएकी छन् ।

गीतमा चेलीले प्रवासमा रहेको दाइ र माइतीमा रहेकी जन्मदिने आमालाई भेट्न नपाएको पीडालाई प्रस्तुत गरिएको छ ।

समिपका यसअघिका चल्न माया चल, डाले घाँस निगाली, सिरसिर बतास’, ‘कोरिया जाने चक्करमा’, ‘सालको पात दोब्राएर पानी खाउँला’, ‘जोर बत्ती’, ‘सिमली छायाँ’ र ‘मनको तीर्खा मेट्न’ लगायतका गीत चर्चित छन् । समिप अब्बल अभिनय गर्ने कलाकारसमेत हुन् ।

प्रतिक्रिया