सोमबार, पुष ७, २०८२

१० लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भण्डारी पक्राउ

नेपालखोज २०७९ साउन १५ गते १९:३०

काठमाडौं । १० लाख रुपैंयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार गुल्मीको सत्यवती घर भई हाल लतिपुरको भैंसीपाटी बस्दै आएका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी ५४ बर्षिय शंकर प्रसाद भण्डारीलाई आईतबार पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको वि. सं २०७९ असार तीन गतेको फैसलाले १० लाख रुपैंयाँ जरिवाना र चार दिन कैद सँजाय तोकी फरार रहेका भण्डारीलाई आईतबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको उक्त कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका भण्डारीलाई सोही दिन फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

प्रतिक्रिया