पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपालखोज
२०७९ साउन १६ गते ७:१०

भरतपुर । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । यहाँ गए रातिदेखि लगातार पानी परिरहेको छ । रासस
सम्बन्धित








प्रतिक्रिया