शुक्रबार, वैशाख १२, २०८२

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा

नेपालखोज २०७९ साउन १७ गते ८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ६९ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया