डिशहोमको सेवा अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत गर्न सकिन्छ ।
अब आईएमई पे, ई–सेवा, खल्ती र प्रभु पेमार्फत माथि उल्लेखित सेवा सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ । रिचार्ज गर्ने क्रममा आफूले कुन सेवा लिएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने हुन्छ । जस्तै– डिसहोम डीटीएच मात्र प्रयोग गरेको छ भने टीभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै डिसहोम फाइबरनेट मात्र चलाएको छ भने इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिनेछ ।
त्यस्तै फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिएको छ भने यसका लागि पनि टीभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिनेछ । यदि अनलाइन रिचार्जका क्रममा केही समस्या आए ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया