साढे २९ अर्ब बढी राजस्व संकलन
नेपालखोज
२०७९ साउन २१ गते २१:४५

बाँके । बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कानुसार सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व संकलन भएको हो ।
संघ र प्रदेश गरी बाँकेमा आव २०७८÷७९ मा रु २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व संकलन भएको हो ।
सम्बन्धित








प्रतिक्रिया