प्रतिनिधिसभाको आजको बैठकमा जबराको महाभियोगबारे छलफल हुने
नेपालखोज
२०७९ साउन २२ गते ६:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजकाे बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको संघीय संसद सचिवालयले जनाएकाे छ ।
त्यस्तै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने कार्यसूची रहेकाे छ ।

सम्बन्धित








प्रतिक्रिया