शनिबार, जेठ ५, २०८१

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपालखोज २०७९ साउन २२ गते ११:३०

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साउन १८ देखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओको आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले अंकितमूल्य १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँबराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।

कम्पनीको सेयरमा सर्वसाधारणले कम्तिमा १० र बढीमा तीन हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया