सफ्टवेरिका कलेजको निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

काठमाडौं । सफ्टवेरिका कलेज र टेक एन्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धी निःशुल्क वर्कसप सम्पन्न भएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरी एकदिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अगस्त ६ तारिखका दिन सफ्टवेरिका कलेजमा सम्पन्न भएको कलेजका इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए ।
‘कार्यक्रममा सीसीआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेन्टजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआईटी, केएमसीलगायत विभिन्न विद्यालयबाट र पासआउट दुई सय विद्यार्थी सहभागी भएका थिए,’ मनोज भन्छन्, ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ ।’
वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटीबीचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्रयाकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोगबारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।
वर्कसपमा मनोजलगायत कृतिश ढुंगेल, मोहनराज राजा जीएम, सचिन चौलागाईं, विवेक सुवेदी र युफान लिम्बूले तालिम दिएका हुन् ।








प्रतिक्रिया