समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम

काठमाडौं । समृद्धि फाइनान्सले श्रावण २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत बिधालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तरगत दुई सय जना विधार्थीहरुलाई नौं सय थान कापी र दुई सय थान पेन वितरण भएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्र्तगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।








प्रतिक्रिया