बिहीबार, जेठ २, २०८२

के हो ट्रम्पसँग जोडिएको फन्डा ?

नेपालखोज २०७९ साउन २७ गते १२:५७

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घर मार-ए-लागो रिसोर्टमा हालै अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले छापा मारेको घटनाले अझैं विभिन्न प्रश्न उब्जाइरहेको छ । अमेरिकी न्याय विभागले फ्लोरिडाको एक अदालतलाई खोजी वारेन्ट सार्वजनिक गर्न गत बिहीबार अपिल गर्‍यो जसका आधारमा एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।

पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो एक वक्तव्यमा खोजी वारेन्टलाई तत्काल सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । उनले आफ्नो घरमा भएको छापा अनावश्यक र राजनीतिक प्रेरित भएको दोहोर्‍याए ।

ट्रम्पको घरमा गत सोमबार छापा मार्ने क्रममा एफबीआईले कागजातहरूले भरिएको एक दर्जन बाकस बरामद गरे । तर यी कागजातसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन । एफबीआईको छापा पूर्वराष्ट्रपतिले ह्वाइट हाउसका केही गोप्य अभिलेख र संवेदनशील कागजात हटाएको छ/छैन भनेर पत्ता लगाउन खोजिरहेको अनुसन्धानसँग सम्बन्धित मानिन्छ ।

अमेरिकी अखबार वासिंटन पोस्टले स्रोतलाई उद्धृत गर्दै एफबीआई आणविक हतियारसँग सम्बन्धित कागजातको खोजीमा ट्रम्पको घर पुगेको जनाएको छ । -बीबीसी

प्रतिक्रिया