साफ यू–१७ को तालिका सार्वजनिक, नेपालले पहिलो खेल भुटानसँग खेल्ने
नेपालखोज
२०७९ साउन २९ गते १८:१९

काठमाडाैं । दक्षिण एशियाली फुटबल महासंघ साफले श्रीलंकामा हुने साफ यू–१७ को तालिका सार्वजनिक गरेको छ । सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बीमा नेपालसँगै भारत र भुटान रहेका छन् ।
सार्वजनिक गरिएको तालिका अनुसार साफको पहिलो खेलमा भुटानले र भारतसँग सेप्टेम्बर ५ मा खेल्ने छ । त्यस्तै सोशी दिनको दोस्रो खेलमा बंगलादेशले श्रीलंकासँग खेल्दा सेप्टेम्बर ७ को पहिलो खेलमा माल्दिभ्सले बंगलादेशसँग खेल्दा नेपालले आफ्नो पहिलो खेल सोही दिन भुटानसँग खेल्ने छ ।
नेपालले दोस्रो खेल ९ सेप्टेम्बरमा भारतसँग खेल्दा श्रीलंका माल्दिभ्ससँग खेल्नेछ । समुहको शिर्ष दुई टोली फाइनल प्रबेशका लागि सेप्टेम्बर १२ मा खेल्नेछन् । फाइनल १४ सेप्टेम्बरमा हुनेछ ।

सम्बन्धित








प्रतिक्रिया