बन्चरेडाँडामा बढ्यो तनाव, प्रहरीले गर्यो हवाईफायर
नेपालखोज
२०७९ साउन ३१ गते १६:०१

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई सिसडोलमै बन्चरेडाँडामा अवरोध गरेपछि प्रहरीले सेल अश्रुग्याससँगै हवाईफायर गरेको छ । फोहोर बोकेको गाडी अगाडि बढ्न खोज्दा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
स्थानीय बासिन्दाले प्रहरीलाई समेत ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) दिनेशराज मैनालीले जानकारी दिए ।
सम्बन्धित








प्रतिक्रिया