कुरिनटारमा दुर्घटना, ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
नेपालखोज
२०७९ भदौ ३ गते ९:५५

चितवन । चितवनको इच्छाकामना ४, कुरिनटारमा शुक्रबार बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना.६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा.८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी ६ का २५ वर्षीय सरोज रोकाया र पछाडि बसेका काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना बिहान करिब ३ बजे भएको हो । ट्रक र चालक भने प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित
प्रतिक्रिया