बाँके केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प

नेपालखोज २०७९ भदौ ४ गते ९:०२

काठमाडौं । बाँकेको हात्तीसार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान १ बजेर २८ मिनेटमा बाँकेको हात्तीसार आसपास केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प गएको हो ।

यो गोरखा भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।

प्रतिक्रिया