गिरिको निधनप्रति उपराष्ट्रपतिद्वारा शोक प्रकट
नेपालखोज
२०७९ भदौ ५ गते १७:२०

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले आज एक शोक सन्देश जारी गर्दै गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक र बौद्धिक नेता गुमाएको बताएका छन् । उपराष्ट्रपतिले गिरी भौतिकरूपमा बिदा हुनु भए तापनि उनको विचार र देशका लागि पु¥याउएका योगदानले सधैँ–सधैँका लागि बाँचिरहने बताए ।
उपराष्ट्रपति पुनले दिवङ्गत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया