मुक्तिनाथ बैंकमा खाता खोल्दा एक लाख रुपैयाँसम्मको बिमा

नेपालखोज २०७९ भदौ ८ गते १४:११

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ । यो योजना अन्तर्गत भदौ महिना भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरुले एक लाख रुपैयाँ सम्मको चिकित्सा सम्बन्धी बिमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड, निशूल्क मोबाइल बैंकिङ र ट्रयाङकुलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउन सक्ने छन् ।

बैंकका अनुसार यो योजनामा शर्तहरु लागु हुने भएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ । यो योजनोले नारीहरुको सम्मान गर्दै नारीलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया