ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

नेपालखोज २०७९ भदौ ८ गते १४:२५

काठमाडौं । नेपालभरका किशोरकिशोरीले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६४८ किशोरकिशोरीले आवेदन दिएकामध्ये ६ प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन् । सेप्टेम्बर १, २०२२ सोल्टी होटेलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिनेछ ।

वाई-वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन् :
-आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
-विमर्श पौडेल, चितवन, चलचित्र निर्माता
-दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
-निश्चलसिंह विष्ट, अछाम, इकोप्रेनेउर
-राहुलरञ्जन शाह, धनुषा, खगोल विज्ञानप्रेमी
-सिर्जना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

प्रतिक्रिया