शुक्रबार, पुष ४, २०८२

शिशु र शिवराजको डीएनए परीक्षण गर्न अदालतको आदेश

नेपालखोज २०७९ भदौ ८ गते १९:२६

काठमाडाैं । उच्च अदालत जनकपुरले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले कुमारी आमा निहारिकाका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षणका लागि आदेश दिएको हो ।

२०७८ फागुन १५ गते दर्ता गरिएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले सो आदेश दिएको हो । निहारिकाले न्यायकाे माग गर्दै लामाे समयदेखि विभन्न खालका आन्दोलन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया