सानिमा बैंकले गर्याे बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटेल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्राली, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइक फार्म नेपाल) र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको डेविट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यु आर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्युआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैंयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।
बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।








प्रतिक्रिया