एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि

नेपालखोज २०७९ भदौ ११ गते ६:५२

काठमाडाैं माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा संचालन गर्न लागेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ । 

यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । कार्यालयले ५ भदौसम्म आवदेन दिन आव्हान गरेको थियो ।

प्रतिक्रिया