शनिबार, वैशाख २७, २०८२

टोटनहेमको सहज जित

नेपालखोज २०७९ भदौ १३ गते ६:४४

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहेम विजयी भएको छ । गयराति भएको खेलमा टोटनहेमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

दुवै गोल टोटनहेमका लाग हेरि केनले गरेका हुन् । पहिलो हाफमा १ गोल गरेका केनले दोस्रो हाफमा अरु १ गोल थपेका थिए ।५औं मिनेटमा गोल गर्दै केनले टोटनहेमलाई अग्रता दिलाएका थिए ।

यसैगरी ८१औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहेमले स्पष्ट ३ अंक जोड्न सफल भयो । प्रिमियर लिगमा टोटनेहमले ४ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने पराजित भएको नटिङघम ४ अंकसहित १४ औं स्थानमा छ ।

प्रतिक्रिया