महेन्द्रनगरमा जङ्गली हात्तिको आक्रमणबाट बालिकाको मृत्यु
नेपालखोज
२०७९ भदौ १३ गते २१:०३

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहकाअनुसार जङ्गली हात्तिको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका १० वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।
हात्तिको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगिसकेका छन् । -रासस
सम्बन्धित








प्रतिक्रिया