शुक्रबार, वैशाख १२, २०८२

१८ वटा वस्तु तथा सेवा खरिदका लागि डलर कार्ड प्रयोग गर्न नपाइने

नेपालखोज २०७९ भदौ १४ गते १९:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । मंगलबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले डलर कार्डसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूले ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ सहितका १८ वटा मर्चेन्ट क्याटागोरी कोड (एमसीसी) हरूमा डलर कार्डबाट भुक्तानी गर्न पाउने छैनन् ।

यी कोडहरूअन्तर्गत पर्ने १८ वटा वस्तु तथा सेवामा मनी अर्डर (वायर ट्रान्सफर), बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलाल/डिलर्स, बिमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल स्टेट, एजेन्ट तथा म्यानेजर (रेन्टल), वाणिज्य बैंकहरूलाई हुने भुक्तानी, स्टोरहरूको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन आदि रहेका छन् ।

परिपत्रअनुसार अबदेखि यी कुनै वस्तु तथा सेवाको खरिदमा डलर कार्डबाट भुक्तानी दिन पाइने छैन ।

प्रतिक्रिया