पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्याे
नेपालखोज
२०७९ भदौ १५ गते ९:१८

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।
पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया