बुधबार, पुष २, २०८२

दुई समूहबीचको झडपमा एकजनाको मृत्यु

नेपालखोज २०७९ भदौ १५ गते ९:२५

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मंगललबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’, उनले भने, ‘मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

प्रतिक्रिया