बैंक अफ काठमाण्डू बैकका ग्राहकहरुलाई मेरो स्टोरमा १० प्रतिशत छुट
नेपालखोज
२०७९ भदौ १६ गते ११:४६

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउन सक्ने छन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले हाल १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया