‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’ मेला असोजमा हुने

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १७ तारिख देखि २२ तारिख) असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना हुन लागेको हो ।
पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।
दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । कार्यक्रमलाई भव्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रा.लि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने बताइएकाे छ ।
काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।








प्रतिक्रिया