मुख्यमन्त्री राउत पर्सा क्षेत्र १ (ख) बाट सिफारिस
नेपालखोज
२०७९ भदौ १९ गते ८:३४

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उहाँलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया