मंगलबार, वैशाख २५, २०८१

एउटा मधेसी ठिटो

दिनेश यादव २०७९ भदौ २० गते १२:५३

पढ्छ गणित
पढाउँछ तथ्यांक
गुलामी,
र विवाद गर्छ नेपालीमा
कहिलेकाही झार्छ
अनि भाँज्छ हिन्दी
लेख्छ,
भडास् निकाल्छ फेसबुकमा
जब कसैको आमनेसामने हुन्छ
गलत कुरामा
बिनासित्तै तन्किन्छ
अनि अडिन्छ
साँगुरो मानसिकता लिएर
बोल्छ
राजनीतिको भाषा
तर,
गर्छ जातियताको कुरो
ठान्छ,
आफूलाई युवा
तर,
पुरातन मनोग्रन्थीको सिकार छ
सर्वव्यापी पनि
बन्न खोज्छ
तर,
मन लाग्दी लेख्छ
धेरैको नजरमा
गिर्दै छ
त्यो मधेसी
ठिटो ।

प्रतिक्रिया