मोटरसाइकल चोरी गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं । टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० को ३२ वर्षीय रामचन्द्र रावल, १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ को ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकल सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ स्थित रावल लेथ एन्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया