पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, उपहारमा बजाज पल्सर र डिस्कभर

नेपालखोज २०७९ भदौ २२ गते १३:४८

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । ’पठाओको अग्रभागमा रहेर खटिने साथीहरुको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हो’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन् ।

दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरु जित्नुका साथै विविध क्वेस्टहरु पनि जित्न सक्ने हमालले जानकारी दिइन् । राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने हमाल बताउँछिन् ।

तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ । यस्तै, दशैँ महोत्सवको अवधि भरी निः शुल्क राइडरको रुपमा दर्ता हुन पाइने विजेताहरु हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिनेछ ।

प्रतिक्रिया