राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी
नेपालखोज
२०७९ भदौ २२ गते १४:२६

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि आज चार जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि उम्मेदवारी दिनेहरुमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी छन् ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो ।
सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया