बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ

नेपालखोज २०७९ भदौ २३ गते १२:३१

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार फरार प्रतिवादी नुवाकोट शिवपुरी घर भएका २९ वर्षीय पुरुषोतम अधिकारी र चन्द्रागिरी न घर भएका २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरुषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका ११ थापाथलीबाट पक्राउ गरेको हो । पुरुषोतम बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए ।

साथै नबिन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रुपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए ।

पुरुषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको काठमाडौं उपत्यका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया