स्मार्ट अप्लायन्सेसकाे दसैंं–तिहारमा स्काईवर्थको क्यासब्याक दनादन, उपहार टनाटन अफर सार्वजनिक

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालीले दशैं–तिहारको अवसरमा स्काईवर्थको होम अप्लायन्समा स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन सार्वजनिक गरेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशत सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
विगत ५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काईवर्थको होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।
स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।








प्रतिक्रिया