शुक्रबार, वैशाख ७, २०८१

बेष्ट फाइनान्सको १८औं शाखा इटहरीमा

नेपालखोज २०७९ असोज १२ गते १७:३५


काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्टफाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो१८ औं शाखा संचालनमा ल्याएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरि बैकिङ कारोवार शुभारम्भ गरिएको फाइनान्सले बताएको छ । उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया