एलिजाबेथको निधनमा नेपालले आजदेखि तीनदिन शोक मनाउने
नेपालखोज
२०७९ भदौ २५ गते ७:०४

काठमाडौं । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथको निधनमा आजदेखि तीनदिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजाबेथको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।
सरकारले आज (शनिबार) देखि सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ । एलिजाबेथको बिहीबारराति निधन भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया